इलामः इलामको सुर्योदय नगरपालिकास्थित हर्कटेबाट रोङ गाउँपालिकाको रम्भ्याङ सलकपुर हुँदै झापाको निन्दा जाने सडक निर्माण कार्य शिर्षक विपरीत गर्न प्रयास भएको भन्दै शीर्षक बमोजिम नै गर्न कोशि प्रदेसको भौतिक पुर्वाधार विकास मन्त्रालयमा आज ज्ञापनपत्र बुझाईएको छ ।
प्रदेस सरकारले हर्कटेबाट शुरू गर्नुपर्ने सडक मनपरि ढंगले निन्दा बाट नापजाँच शुरू गरेपछि सुर्योदय नगरपालिकाको सत्रौं नगरसभाले शीर्षक बमोजिम हर्कटे बाटै निर्माण गर्न निर्णय गरे बमोजिम मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाईएको हो ।



मूख्यमन्त्री ग्रामीण सडकको रूपमा हर्कटेबाट प्रारम्भ भएको बजेटलाई सोहि अनुरूप गर्नको लागि सुर्योदय नगरपालिका उपमेयर दुर्गा बराल र वडा नम्बर ६ का अध्यक्ष शिव बहादुर बस्नेतको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ध्यानाकर्षण पत्र कोशि प्रदेस भौतिक पुर्वाधार विकास मन्त्री भुपेन्द्र राईलाई हस्तान्तरण गरेको हो ।
ज्ञापन पत्र बुझ्दै मन्त्री राईले सडक शीर्षक बमोजिम नै निर्माण हुने बताउनुभयो । यश पटक भने इलामका सडकहरू इलाममा नवस्थापित पुर्वाधार कार्यालयबाटै निर्माण गरिने र सो काम हर्कटेबाटै हुने सुनिस्चित भएको मन्त्रालय स्रोत लाई उल्लेख गर्दै डेलिगेसन प्रतिनिधिमण्डलका शिव बहादुर बस्नेतले बताउनुभयो ।
ज्ञापन पत्र बुझाएर टोलिले कोशि प्रदेस मुख्यमन्त्रि हिक्मत कार्कि र भौतिक सचिवलाई समेत भेटवार्ता गरेको बस्नेतले बताउनुभयो । भेटमा मुख्यमन्त्रि कार्किले समेत सडक शीर्षक बमोजिम नै बन्ने बताउनुभयो ।
यस सडकको मुख हर्कटे र स्थानीय उत्पादन र धेरै जनघनत्व भएको हुनाले पनि शीर्षक बमोजिम नै गर्नुपर्ने नगरपालिकाको दाबी सहित कोशि प्रदेसको भौतिक मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
हर्कटेबाटै काम शुरू गर्न सुर्योदय नगरपालिका, रोङ ६ का बासिन्दा, सुनपा ६ का बासिन्दा, जिल्ला समन्वय र प्रदेस माननीयहरू समेतले यसअघि पनि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउदै आएका थिए । तर, एकतर्फि काम शुरू गरे प्रतिकारमा उत्रिने चेतावनि उनीहरूले दिदै आएका छन ।
अधिकारको दुरूपयोग गरि शीर्षक विपरित भएमा अदालत, अख्तियार र सबै निकायमा न्याय माग्ने, संलग्न नेता र कर्मचारिलाई नछोड्ने सुनपा ६ र रोङ ६ का स्थानीयले चेतावनी दिंइसकेका छन ।
संघिय सरकार बाट प्रदेस सरकारमा हस्तान्तरण भएको यो सडक हाल मुख्यमन्त्रि सडकको रूपमा निर्माणाधीन छ । विगतमा हर्कटे बाटै क्रमिक रूपमा निर्माण हुँदै आएको यो सडक केही वर्षयता केही ब्यक्तिहरू को स्वार्थ र शक्तिको प्रभावको आधारमा जबरजस्ती उल्टो निर्माण गर्न थालिएको स्थानीयको आरोप छ ।
बिगतमा केही ब्यक्तिको दवावमा शिर्षकको उल्टो बाट सडक निर्माण गर्ने प्रयास गरिएपनि अब त्यस्तो शीर्षक विपरित अन्याय सहेर नबस्ने गरि आन्दोलनमा उत्रिएको स्रोतको दाबि छ ।

