दलितको पक्षमा काम गर्ने एक मात्र पार्टी एमाले होः उपमहासचिव पोर्तेल

द्वारा प्रकाशित गरिएको हो |
२०८२ भाद्र ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः मुक्ति समाज नेपालका उपमहासचिव सोमनाथ पोर्तेलले उत्पीडित दलित समुदायको हकहित र अधिकारको पक्षमा काम गर्ने एक मात्र पार्टी नेकपा एमाले भएको बताउनु भएको छ ।

बिहिबार मुक्ति समाज नेपाल इलामको पदाधिकारी विशेष बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । वर्तमान सरकारले उत्पीडित दलित समुदायको परम्परागत पेशा प्रवद्र्धनका लागि ५० करोड बजेट बिनियोजन गरेको बताउँदै उत्पीडित दलित समुदायको पक्षमा सरकारले बिनियोजन गरेको सबैभन्दा ठूलो रकम भएको बताउनु भयो ।

स्थानीय तहको सरकारको नीति कार्यक्रम र बजेटलाई उत्पीडित दलित समुदायमैत्री बनाउन संगठनले पहल गर्नुपर्ने बताउनु भयो । पार्टीको नीति र विधि अझै बढि उत्पीडित दलित समुदायमैत्री बनाउन पहल गर्ने मुख्य बेला यहि भएको हुँदा बिधान महाधिवेशन केन्द्रीत बैचारिक बहस सञ्चालन गर्न समेत निर्देशन दिनुभयो ।

बैठकमा संगठन केन्द्रीय सचिवालय सदस्य तथा कोशी ईञ्चार्ज छत्र बराईली, पार्टी जिल्ला अध्यक्ष गणेश बराल, पार्टीको तर्फबाट संगठनका ईञ्चार्ज मनकुमार बराईली, प्रदेश कमिटी सदस्यहरु प्रेम सिञ्चिउरी, सानू दास लगायतको सहभागीता रहेको थियो ।

जिल्ला अध्यक्ष यामबहादुर रसाइलीको अध्यक्षतामा सम्पन्न बैठकले पार्टी जिल्ला कमिटी मार्फत पार्टीको बिधान संसोधनका लागि सुझाव पठाउने निर्णय गरेको छ । यसरी नै आगामी कार्तिक मसान्तसम्ममा १० औँ जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय गर्दै अधिवेशन सम्बन्धी आवश्यक निर्णय गर्न कमिटीको पुर्ण बैठक यही भाद्र २७ गते आयोजना गर्ने निर्णय समेत गरेको छ । from ijalash dainik

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय