इलाम– भ्रष्टाचार र सामाजिक सञ्जाल नियन्त्रणविरुद्ध इलाममा पनि प्रदर्शन गरिएको छ । जेनजी प्रदर्शनका नाममा युवाले इलाम बजारका विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले इलाम चोकबजार, इलाम नगरपालिका कार्यालय परिसर र विभिन्न सडकमा नाराबाजी गरिरहेका छन् । ‘भ्रष्ट सरकार चाहिँदैन, युवाको माग सम्बोधन गर, आवाज रोक्न पाइँदैन’ जस्ता नारा लगाउँदै उनीहरू प्रदर्शन उत्रिएका थिए ।
प्रदर्शनलाई ध्यान दिँदै प्रहरीले सुरक्षा बन्दोबस्त मिलाएको थियो ।
इलाममा पनि जेनजी पुस्ताको आन्दोलन
२०८२ भाद्र २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2026: ILAM KHABAR मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd

