२५ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा आइतबार थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सुर्खेतको प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका २८, सुर्खेतका २० र दैलेखका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालीकोटका ३ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।