सुनको मुल्य बढ्यो, प्रति तोलाको ८७ हजार चार सय रुपैयाँमा कारोबार

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२५ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेको झण्डै सांढे दुई महीनापछि सुनचाँदीको कारोबार शुरु भएको छ ।

सुनको मूल्य आइतबार देखि प्रकाशित भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ८७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

गत चैत १० सुनको मूल्य प्रतितोला रू ७७ हजार कायम थियो ।

यस्तै तेजाबी सुनको मूल्य तोलाको ८६ हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको रहेको महासंघले जनाएको छ। चाँदीको मूल्य तोलाको नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

लकडाउनका कारण कारोबार गत चैत ११ गतेदेखि महासंघले सुनचाँदीको दरभाउ वितरणसमेत बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय