प्युठानमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या चार पुग्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२५ जेठ, प्युठान । प्युठानमा थप एक जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान दाङमा गरिएको पिसिआर परीक्षणमा प्युठानका एक युवकमा कोरोना पोजिटिभ देखिएको हो ।

प्युठानको सरुमारानी गाउँपालिका वडा नंवर- २ का १९ वर्षीय पुरुषमा आईतबार कोरोना संक्रमण पुष्टि भएको प्रतिस्ठानद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । संक्रमित युवा यहीँ जेठ ६ गते भारतबाट आएका हुन् ।

यो सँगै प्युठानमा कोरोना संक्रमितको संख्या चार पुगेको छ । यस अघि स्वर्गद्वारी नगरपालिकामा १ र माण्डवी गाउँपालिकामा २ गरि जम्मा ३ जनामा कोरोना देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय