काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वमा ३ हजार ३७५ जनाको ज्यान गएको छ । अघिल्ला दिनहरुको तुलनामा यो संख्या निकै कम हो । ब्राजिल, अमेरिका, मेक्सिको लगायत देशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्यु कम भएकाले विश्वमै कोरोनाका कारण मृत्यु हुनेको संख्या घटेको हो ।
पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाले ५४२ तथा अमेरिकामा ३७३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ३४१, चिलीमा ६४९, भारतमा २६१ कोरोना संक्रमितको २४ घण्टामा मृत्यु भएको छ ।
हालसम्म विश्वमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ४ लाख नाघिसकेको छ ।