२६ जेठ, काठमाडौं । कोरोना सङ्क्रमणका कारण थप एक जनाको ज्यान गएको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आइसोलेशनमा राखिएका स्याङजा वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको ज्यान गएको हाे ।
गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु भएकाे याे पहिलाे घटना हाे ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको जानकारी नियमित पत्रकार सम्मेलनमा दिनेछ ।