बर्दघाट सुस्ता पूर्वमा ५ जनामा कोरोना संक्रमण गण्डकीमा संक्रमित संख्या १२० पुग्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२६ जेठ, काठमाडौं । गण्डकी प्रदेश अन्तर्गत नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा सोमबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गैंडाकोट नगरपालिकामा २ जना र कावासोती नगरपालिकामा ३ जना गरी कुल ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।

गैंडाकोट नगरपालिका स्थायी घर भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ३३ र ३९ का २ पुरुष, कावासोती नगरपालिकामा क्वारेन्टिनमा रहेका वर्ष २१ र २ ४० का २ जना पुरुषसहित ६३ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय