ओखलढुङगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२७ जेठ, काठमाडौं । ओखलढुङगाको सुनकोशी गाउँपालिका-४ का २६ बर्षीय युवराज राई १ थान भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।

राईले मानेभञ्याङ गाउँपालिका-८ मा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त भए संगै मंगलवार दिउँसो प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले राईलाई १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय