२७ जेठ, काठमाडौं । लकडाउनको मोडालिटी तय गर्न साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटीबारे टुंगो लगाउने भएको छ ।
यसैगरी कोरोना रोकथामका लागि भइरहेको परीक्षणको दायरा व्यापक र प्रभावकारी बनाउने बारेमा पनि मन्त्रिपरिषद्ले आवश्यक निर्णय लिने बताइएको छ ।