केही नेपाली बोकेर अस्ट्रेलियाबाट नेपाल उड्यो जहाज

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अस्ट्रेलिया । नेपाल वायुसेवा निगमको जहाज अस्ट्रेलियामा समस्यामा परेका केही नेपालीलाई लिएर मंगलबार स्वदेश उडेको छ ।

कोरोनाको कारण समस्यामा परेकामध्ये गायिका सुनितामी परियार, क्यान्सरका बिरामी र प्रशिक्षणका लागि आएका केही सरकारी कर्मचारीहरु लिएर विमान नेपाल उडेका हो ।अस्ट्रेलियाको लागि नेपाली राजदूत महेशराज दाहालले आजको उडानमा अति समस्यामा परेका मध्ये  थोरैमात्रै नेपाल गएको बताए ।

यसपटक केही प्राविधिक कारणले  क्यानबेरा आएको नेपाल एअरलाइन्सबाट  समस्यामा परेका अन्य नेपाली स्वदेश फर्काउन नसकिएको उनले बताए ।  राजदूत दाहालले दिएको जानकारी अनुसार अरु  समस्यामा परेका नेपाली लिन छिट्टै अर्को जहाज आउने तयारी भैरहेको छ ।

 नेपाल सरकारले  विदेशमा समस्यामा परेका नागरिकलाई उद्धार गर्ने  निर्णय गरेअनुसार अबको दुई तीन हप्ताभित्र उद्दार हुने उनको भनाइ छ । त्यसका लागि क्यानबेरा नेपाली दूतावासमा करिब १३ सय नेपालीले  स्वदेश फर्कन भनी फाराम भरेको दूतावासका अधिकारी दुरपदा सापकोटाले जानकारीको भनाइ छ ।

नेपाल एयरलाइन्सको विमान सोमबार नेपालबाट करिब ३ सय यात्रु बोकेर अस्ट्रेलिया उडेको थियो भने साेही विमान थाेरैमात्र नेपाली बाेकेर स्वदेश फर्किएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय