इलाम – इलाममा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश नम्बर १ मा अब ओखलढुंगा बाहेकका १३ जिल्लामा संक्रमण फैलिएको हो। मंगलवार अपरान्हसम्म नेपालका ५ जिल्ला मात्रै अब संक्रमणरहित छन् ।
इलामको करफोक क्वारेनटाइनमा रहेका सूर्याेदय नगरपालिकाका २६ बर्षिय पुरुषमा कोरोना देखिएको हो । उनी जेठ १८ गते भारतको चेन्नाइबाट झापाको काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका थिए ।
उनलाई उपचारको लागि पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिए ।