प्युठान । प्युठानमा थप ५ जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ ।
प्यूठानबाट संकलन गरि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको स्वाव परिक्षणको क्रममा मंगलबार माण्डबी गाँउपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको माण्डवी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख धुर्व पोख्रेलले जानकारी दिनुभयो ।
यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।