कैलालीमा ३ जना किशोरी बलात्कार गरेको आरोपमा चार जना युवक पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२८ जेठ, कैलाली । कैलालीमा ३ जना किशोरी बलात्कार गरेको आरोपमा चार जना युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार जिल्लाको टीकापुर नगरपालिकाका १८ वर्षीय सन्दिप ठकुल्ला, २१ वर्षीय दीपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दीपक ठकुल्ला पक्राउ परेका छन् ।

मंगलबार बिहान टीकापुर नगरपालिका वडा नम्वर १ स्थित रानी कुलो किनारमा तीन जना किशोरीहरुमाथि जबरजस्ती करणी गरी फरार भएका उनीहरुलाई इलाका प्रहरी कार्यालय टिकापुरले पक्राउ गरेको विष्टले जानकारी दिए ।

उनीहरुविरुद्ध कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । विष्टले बलात्कारमा संलग्न अन्य व्यक्तिहरु फरार भएको र उनीहरुको खोजी भइरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय