म्याग्दीको रायखोरमा पहिरोले पुरिएर दुई जनाको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२८ जेठ, म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका-६ रायखोरमा पहिरोमा पुरिएर मंगलबार राति दुई जनाको मृत्यु भएको छ । पचास वर्षीया हमाया शेरपुञ्जा र चार वर्षीया सिम्रन छन्त्यालको पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सुतिरहेको अवस्थामा वर्षापछि माथिबाट आएको पहिरोले उनीहरु पुरिएका हुन् । प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माका अनुसार मङ्गलबार राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठ लेदोसहितको पहिरोले पुरिएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय