लकडाउन पाँच चरणमा खोल्ने प्रस्ताव

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२८ जेठ, काठमाडौं । मन्त्रिपरिषद्को बैठक ५ बजे बस्दै छ । बैठकले लकडाउनलाई खुकुलो बनाउन युरोपियन राष्ट्र जर्जियाको नीति अपनाउने तयारी गरेको चर्चा चलेकाे छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनजीवन सहज बनाउन लकडाउनको मोडालिटी हेरफेर गरिने संकेत अघि नै सदनमा गरिसकेका छन् ।

के हाे सीसीएमसीले प्रस्ताव गरेको जर्जिया मोडल ?

सीसीएमसीले प्रस्ताव गरेको मोडालिटी, जसलाई उनीहरूले जर्जिया मोडालिटी भनेका छन् ।

यसकाे प्रयाेग लकडाउनलाई खुकुलो बनाउन युरोपियन राष्ट्र जर्जियाले प्रयाेग गरेकाे थियाे ।

सिसिएमसीको प्रस्तावित जर्जिया मोडलमा पहिलो चरणमा निजी कार एवं ट्याक्सी सेवा, डेलिभरी सर्भिस र ओपन एयर मार्केट खुलाउने रहेको छ।

त्यस्तै दोस्रो चरणमा निर्माण, निर्माण सामाग्रीको उत्पादन, कारवास एवं अटो सर्भिस खुलाउन प्रस्ताव गरिएको छ।

तेस्रो चरणमा मलबाहेकका खुद्रा एवं होलसेल, प्रकाशन, ओपन मार्केट खोल्ने रहेको छ भने चौथो चरणमा सपिङ मल, रेष्टुराँ, बैंक एवम् वित्तीय सेवा, ब्युटी सैलुन खोल्ने रहेको छ।

पाँचौ चरणमा क्याटरिङ एवं बजार क्षेत्र खोल्ने रहेको छ ।

त्यसपछि संक्रमणको लकडाउनलाई अन्त्य गर्न सुझाव दिइएको छ । तत्पश्चात् मनोरञ्जन, खेल, होटल र शैक्षिक संस्था खुला गर्न प्रस्ताव गरिएको सीसीएमसीका एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय