संक्रमणको दोस्रो लहरको जोखिममा : रिपोर्ट

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बेइजिङ । चीनले कोभिड-१९ को दोस्रो लहरको संक्रमणको जोखिममा रहेको चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रका निर्देशक जाओ फुले तयार गरेको रिपोर्टले जनाएको छ ।

चीनमा अझै पनि अधिकांश मानिसहरु कोरोना संक्रमणको आशंकामा रहेको र विश्वभर अझै पनि कोरोना महामारीकै रुपमा रहेकाले दोस्रो लहरको संक्रमणको जोखिम फैलिनसक्ने बताइएको हो ।

चिनियाँ सञ्‍चारमाध्यम ग्लोबल टाइम्सका अनुसार कोरोना संक्रमण फैलिनबाट रोक्‍ने चिनियाँ रणनीति सफल भएको छ । उक्त प्रतिवेदनमा भनिएको छ, “महामारीविरुद्ध कुनै उपाय नअपनाएको समयमा मुलुकमा कोरोना संक्रमितको संख्या ६७ गुणा धेरै भएको र पछि क्‍वारेन्टिन, संक्रमितको कन्ट्याक्ट ट्रेसिङ, मानिसहरुको आवतजावतमा प्रतिबन्धलगायतका उपायहरु अपनाएपछि कोरोना संक्रमण नियन्त्रणउन्मुख भएको हो ।”

बाहिरबाट आएका व्यक्तिहरुमा देखिएको कोरोना संक्रमणले समुदाय संक्रमणको रुप लिन नदिन विभिन्‍न रणनीति अपनाउनुपर्ने उक्त प्रतिवेदनमार्फत् चीन सरकारलाई सुझाव दिइएको छ ।

यसअघि वरिष्ठ श्वासप्रश्वास विशेषज्ञ वाङ चेनले मंगलबारको एक सेमिनारमा चीनबाट भाइरस लोप भई नसकेको बताएका थिए । उनले आगामी जाडो मौसममा फेरि संक्रमितको संख्या बढ्नसक्नेतर्फ संकेत गरेका थिए ।

उनले भनेका थिए, “आगामी जनवरीमा गोन्जाउ र मार्चसम्म फेरि बेइजिङमा कोरोना संक्रमण फैलिनसक्छ ।”

उक प्रतिवेदनमा अनुसार अब चिनियाँ लक्ष्य कोभिड-१९ विरुद्धको प्रभावकारी खोप विकास नभएसम्म संक्रमणको दर जतिसक्दो कम गर्ने र समुदाय संक्रमण हुनबाट जोगिने रहेको छ ।

हाल चीनले कोरोनाविरुद्धका विभिन्‍न पाँचवटा खोपको परीक्षण गरिरहेको छ । – ग्लोबल टाइम्स

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय