
बुटवल । भरतको मुम्वईबाट आएका नवलपरासी सुस्ता गाउँपालिका ३५ वर्षीय पुरुषको बसपार्कमै ज्यान गएको छ ।
उनी तीन दिनअघि भरतको मुम्वईबाट सुनौली बसपार्कमा आएका थिए । सुनौली बसपार्कमै उनको मृत्यु भएको हो ।उनको स्वाब परीक्षणका भारतको अस्पतालमा गर्न लागिएको भारतीय अधिकारीहरुले बताएका छन् ।



उनको रिर्पोट नेगेटिभ आएमा परिवारलाई बोलाएर शव जिम्मा लगाउने र पोजेटिभ आएमा उतै दाहसंस्कार गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।केही दिनअघि भारतबाट आएका अर्घाखाँचीका एक युवा क्वारेन्टिनमै बिरामी मृत्यु भएको थियो ।