यसवर्ष एसइइको नियमित परीक्षा नहुने

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । यसवर्ष एसइइको नियमित परीक्षा नहुने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय गरेको हो । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए ।

गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय