प्यूठान, २९ जेठ । प्यूठानमा गाई काटेको आरोपमा ३ जना पक्राउ परेको छन् ।
जिल्लाको प्यूठान नगरपालिका –६ लम्छ्याङका ३ जनालाइ गाई काटिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।
पक्राउ हुनेमा झुपा सिंह रोका मगर, देवी घर्ति, भवि पुन रहेका छन् । उनिहरुलाइ हिरासतमा राखि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बनाउनुभयो ।