कोरोना नियन्त्रणमा गम्भीर हुन प्रधानमन्त्रीलाई कांग्रेसले ध्यानाकर्षण गराउने

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा गम्भीर हुन ध्यानाकर्षण गराउने भएको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार असार २ गते स्वदेश र विदेशबाट प्रधानमन्त्रीलाई कोरोनाविरूद्धको संघर्ष केन्द्रीत विशेष ज्ञापनपत्र बुझाउन लागिएको हो।

शर्माले ७७ जिल्ला प्रशासनमा जिल्ला कार्यसमितिले, सातै प्रदेशका मुख्यमन्त्रीलाई प्रदेश संसदीय दलले र सबै दूतावासमा नेपाली जनसम्पर्क समितिबाट ज्ञापन पत्र बुझाउन लागिएको बताए।

जेठ २६ मा बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेलको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएको थियो। उक्त बैठकले पार्टी पंक्तिलाई सरकरविरुद्ध सशक्त रुपमा प्रस्तुत हुन निर्देशन पनि दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय