डडेल्धुरामा आफ्नै नातीले हिर्काउदा एक वृद्धाको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२९ जेठ, कैलाली । डडेल्धुरामा आफ्नै नातीले हिर्काउदा एक वृद्धाको मृत्यु भएको छ ।

बुधबार साँझ जिल्लाको गन्यापधुरा –२ कुवरगाउँका २४ वर्षीय रोशनराज गिरीले धान कुट्ने ढिकीको मुशलले हिर्काउँदा हजुरआमा ७३ वर्षीया राधादेवी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपाने बताए ।

‘नातीको आक्रमणबाट उहाँ गम्भीर घाइते हुनुभएको थियो’ उनले भने ‘उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भयो । ’

घटनामा संलग्न गिरीलाई प्रहरीले बुधबार नै पक्राउ गरेको छ । घटनापछि फरार रहेका गिरीलाई अमरगढी नगरपालिका –११ फिन्नेकोटस्थित लिटिरगाउँको जंगलबाट पक्राउ गरिएको न्यौपानेले बताए ।

मृतकका छोराले दिएको किटानी अनुसार गिरीविरुद्ध ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय