थप २५० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४६ सय १४ पुग्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२९ जेठ, काठमाडौं । बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय