गण्डकी प्रदेशमा थपिए ३७ जना कोरोना संक्रमित

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३० जेठ, काठमाडौं । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय