मोटरसाइकलमा एकजना मात्रै चढ्ने निर्णय अव्यवहारिक

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सरकारले गरेको मोटरसाइकलमा एकजना मात्रै चढ्न पाउने निर्णय अव्यवहारिक भएको भन्दै गुनासो बढेको छ । लकडाउन कडा भएको समयमा दुईजना पनि चढ्न दिएको तर खुकुलो बनाएपछि एकजना मात्रै चढ्ने सरकारी निर्णय अव्यवहारिक भएको भन्दै गुनासो बढेको हो ।

यसबाहेक मोटरसाइकल जोर–बिजोर हुने वा नहुने भन्नेमा पनि अन्योल देखिएको छ । सरकारको निर्णय कार्यान्वयन गर्ने ट्राफिक प्रहरीले नै मोटरसाइकलमा एकजना मात्रै भन्ने सरकारको निर्णय निकै अव्यवहारिक भएको गुनासो गरेका छन् ।

विभिन्न अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने, “कतिपयलाई मोटरसाइकल नै चलाउन आउँदैन । घरका सदस्यले कार्यालयसम्म पु¥याउन जानुपर्ने हुन्छ । बजार व्यावसाय खुलेकाले श्रीमान–श्रीमति नै जाने गरेको पनि पाइन्छ । स्वास्थ्यकर्मी, कर्मचारीका लागि पनि गाह्रो छ । एकतिर खुकुलो भन्ने अर्कोतिर कडाइ गर्ने निर्णय व्यवहारिक हुन सकेन ।”

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शुक्रबार बिहान प्रहरीले बिजोर नम्बरका मोटरसाइकल र दुईजना यात्रा गरेको अवस्थामा फर्काइदिएको थियो । ट्राफिक प्रहरीलाई पनि यसबारे अन्योल छ । एक ट्राफिक अधिकारी भन्छन्, “हामीले सरकारी निर्णय उल्टाउन सक्दैनौं । तर दुईजना गुड्दा एकजनालाई उतारेर अर्कोलाई कसरी पठाउने । कुनै न कुनै कामले नै मानिस निस्किएका हुन्छन् । सामान बोक्न पनि दुईजना चाहिन्छ नै ।”

सरकारले एकजना मात्रै चढ्ने निर्णय गरे पनि कतिपय स्थानमा ट्राफिक प्रहरीले त्यसबारे लचकता देखाएको छ भने कतिपय स्थानमा कडाइसमेत गरेको पाइएको छ । महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले आफूले सरकारले गरेको निर्णय अक्षरशः पालना गर्ने बताउँछन् । उनले भने, “हामीले सरकारले निर्णय कार्यान्वयन गर्ने हो । सरकारले जे आदेश गरेको छ त्यसैलाई गाइडलाइन मानेर जिम्मेवारी पूरा गर्छौं । सवारी जाँचलगायतलाई प्रभावकारी बनाउँछौं ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय