कोरोना महामारीमा राजनीति मिसियो : स्वास्थ्यमन्त्री ढकाल

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३० जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसमा राजनीतिको प्रवेश भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा कान्ति बाल अस्पतालको ईटिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताए ।

पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनहरुलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरु बढेको टिप्पणी गरेका हुन् ।

‘सुरुमा रोगबाट मात्रै आक्रान्त थियौँ हामी । पछिल्लो दिनमा राजनीति पनि मिसियो । खतराहरु बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौँ’ उनले भने ।

मन्त्री ढकालले विश्वका अन्य मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचना भन्दा पनि कोरोना महामारीविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको बताए । पछिल्लो १, २ दिनका घटना हेर्दा कोरोनामा राजनीति प्रवेश गरेको उनले टिप्पणी गरे ।

मन्त्री ढकालले इ टिकेटिङ प्रविधि सुरुभएसँगै समयको बचत हुनुका साथै आर्थिक अनियमितताको सम्भावना नुहने बताए । जनशक्ति व्यवस्थापनमा पनि यसले सहज गर्ने उल्लेख गर्दै उनले परिचयका आधारमा द्रुत सेवा प्राप्त हुन्छ भन्ने धारणा हराउँदै जाने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय