सरकारले सार्वजनिक गर्‍यो खर्चको विवरण, कुल ८ अर्ब ३९ करोड खर्च

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं । सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विषयगत रूपमा सार्वजनिक गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी) निर्देशक समितिले हालसम्म खर्च र निकासा रकम गरी ८ अर्ब ३९ करोड रुपैयाँ रूपैयाँ भन्दा बढी खर्च विवरण सार्वजनिक गरेको हो ।

सीसीएमसी निर्देशन समितिको समितिको निणृयअनुसार सार्वजनिक विवरणमा औषधि तथा स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार निर्माण, जनशक्ति परिचालन, क्वान्टिन निर्माण, कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल निर्माण लगायतमामा सो खर्च भएको बताइएको छ ।

तीन तहका सरकारले कोरोनाविरुद्ध लड्न गरेको खर्चमध्ये सबैभन्दा बढी संघीय सरकारले ४ अर्ब १० करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ । यसैगरी प्रदेश सरकारमार्फत् १ अर्ब ३० करोड ५ लाख रुपैयाँ र स्थानीय तहबाट २ अर्ब ९८ करोड ५२ लाख रुपैयाँ खर्च भएको छ ।

यसरी संघीय सञ्चिति कोषबाटस्रोत व्यवस्थापन गरिएको मध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् १ अर्ब ५८ करोड रुपैयाँ, रक्षामार्फत् २ अर्ब ४० करोड, गृहमार्फत् २ करोड, संस्कुति पर्यटन तथा नागरिक उड्डयनमार्फत् ५ करोड, सहरी विकास मन्त्रालयमार्फत् डेढ करोड रुपैयाँ रहेको छ । यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् २ करोड ६९ लाख रुपैयाँ स्रोत व्यवस्थापन गरिएको छ जुन रकम प्रविधि विकास र वैकल्पिक सिकाइमा खर्च भएको हो ।

प्राप्त जानकारीअनुसार औषधी तथा स्वास्थ्य सामाग्रीमा ३ अर्ब ९० करोड ८८ लाख, स्वास्थ्य पर्वाधार निर्माणमा १ अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख, क्वारेन्टिनमा १३ करोड ५५ लाख र अन्यतर्फ ४० करोड १५ लाख रुपैयाँ खर्च भएको छ ।

यसैगरी, प्रदेश सरकारमार्फत एक अर्ब ३० करोड ४ लाख ९९ हजार रुपियाँ खर्च भएको जनाइएको छ ।

जसअनुसार प्रदेश १ ले १९ करोड ३५ लाख ६० हजार, प्रदेश २ मा १३ करोड ३९ लाख ४६ हजार, वागमती प्रदेशले १३ करोड ६७ लाख, गण्डकीले १५ करोड ४२ लाख १० हजार, प्रदेश ५ ले ७ करोड ७९ लाख ३० हजार, कर्णालीले २३ करोड ९२ लाख ८३ हजार र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपियाँ खर्च गरेको छ । प्रदेश सरकारले स्थापना गरेको कोषहरुमा कुल २ अर्ब ८३ करोड २७ लाख रुपैयाँ जम्मा भएको छ ।

त्यस्तै, स्थानीय तहबाट दुई अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपियाँ खर्च भएको छ । स्थानीय तहको कोरोना कोषमा ४ अर्ब ८३ करोड रुपैयाँ जम्मा भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय