गुडिरहेको मोटरसाइकलमाथि रुखको हाँगा खस्दा दुई वर्षीया छोरीको मृत्यु, बुबा घाइते

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३१ जेठ, कैलाली । कञ्चनपुरमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका ४ मा मोटरसाइकल दुर्घटना हुँदा दुई वर्षीया बालिका जेनिसा खड्काको मृत्यु भएको हो ।

भित्री सडकमा चलिरहेको से ६ प ३३८९ नम्बरको मोटरसाइकलमा रुखको हाँगा खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । दुर्घटनामा गम्भीर घाइते बालिकाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो ।

दुर्घटनामा परी बालिकाका बुबा ज्ञानेन्द्र खड्का गम्भीर घाइते भएका छन् । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । रुखको हाँगा काट्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय