बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतले गरे आत्महत्या

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ ३२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३२ जेठ, काठमाडौं । बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुले आत्महत्या गरेका छन्।

उनले आइतबार बिहान मुम्बाईस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

३४ वर्षीय सुशान्तले के कारणले आत्महत्या गरे भन्ने विषयमा केही नखुलेको बताइएको छ।

उनी बलिउडका चर्चित कलाकार मानिन्छन्।

टेलिसिरियलबाट करिअर सुरुवात गरेका उनको पहिलो सिरियल ‘किस देशमे हे मेरा दिल’मा अभिनय गरेका थिए। उनको विशेष परिचय भने एकता कपुरको धाराबाहिक सिरियल ‘पवित्र रिस्ता’बाट मिलेको थियो।

यसपछि उनी ‘काइ पो चे’मार्फत बलिउडमा प्रवेश गरेका थिए। यसमा उनको अभिनयको निकै चर्चा भएको थियो। यसपछि उनी ‘शुद्ध देशी रोमान्स्’, भारतीय क्रिकेट टिमका पूर्वकप्तान एमएस धोनीको बायोग्राफिमा आधारित फिल्म ‘एमएस धोनी ः दल अन टोल्ड स्टोरी’, सोन चिडिया औरु छिछोरी’ जस्ता फिल्ममा काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय