
१ असार, काठमाडौं । सर्वोच्च अदालतले अपुतालीको सम्पत्ति उपभोग गर्न परिवार वा नातावाला नै हुनु नपेर्न भनी व्याख्या गरेको छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयाँलको इजलासले ३ पुस ३०७६ मा गरेको अंक विवादसम्बन्धी मुद्दामा फैसला गर्दै यस्तो नजिर कायम गरेको हो ।



नवलपरासीका नारायण थारू, इन्द्रकुमारी देवी र हरेन्द्रकुमार चौधरीको अंक मुद्दामा सर्वोच्चले गरेको यो फैसलापछि अब अपुताली उसको पालन पोषण गर्ने नाताबाहिरको व्यक्तिले पनि पाउन सक्ने भएको छ ।