१ असार, प्युठान । प्युठानमा थप तीन जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ । जिल्लाको सरूमारानी गाउपालिका – २ का एकै परिवारका तीन जनमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जानकारी दिएको छ ।
संक्रमित मध्य २ वर्षीय बालक, ६ वर्षीया बालिका र २९ वर्षीया महिला रहेका छन् ।
योसँगै प्युठानमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ ।