
२ असार, काठमाडौं । विश्वभर कोरोना सङ्क्रमण पुष्टि भएकाको संख्या ८१ लाख नाघेको छ ।
विश्वका विभिन्न देशमा गरी ८१ लाख १३ हजार ६ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ४२ लाख १३ हजार ६ सय ३ जना निको भएका वर्ल्डओमिटरले जनाएको छ । ४ लाख ३९ हजार ८५ जनाको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।



साेमबार सम्ममा नेपालमा थप ४५१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले नेपालमा थप ४५१ जनामा काेराेना संक्रमण पुष्टि गरे ।
कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।
हालसम्म ६ हजार २ सय ११ जनामा कोरोना संक्रमण भएको पुष्टि छ ।