सेती अस्पतालमा कार्यरत स्टाफ नर्समा संक्रमणको पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२ असार, काठमाडौं । सेती प्रादेशिक अस्पतालको कोरोना अस्पताल कार्यरत १ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । धनगढी उप–महानगरपालिकाकी २८ वर्षीया स्टाफ नर्समा कोरोना पुष्टि भएको हो ।

सोमबार ६८ जनामा कोरोना पुष्टि भएकोमा २८ वर्षीया स्टाफ नर्समा समेत संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । संक्रमित स्टाफ नर्स कोरोना अस्पतालमै कार्यरत थिइन् ।

उनलाई अहिले आइसोलसनमा राखेर उपचार भइरहेको छ । उनको सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीको समेत परीक्षण गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय