भारतबाट फर्केर होटल क्वारेन्टिनमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२ असार, वीरगञ्ज । पर्सामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका–४ का २३ वर्ष र वीरगञ्ज–३ का ३१ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । ‘होटल क्वारेन्टिनमा बसेका २ जनामा संक्रमण पुष्टि भएको छ’ उनले भने, ‘दुवै भारतबाट आएर होटलमा बसेका हुन् ।’

योसँगै वीरगञ्जमा संक्रमितको संख्या १ सय ५५ पुगेको छ । यसअघि पर्र्सामा ९ जना स्वास्थ्यकर्मी, ५ जना भारतीय, २ जना पत्रकारसहित १ सय ५३ जनामा संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय