३ असार, पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १८ र पर्वतमा ३ गरी थप २१ जनामा कोरोना देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।
संक्रमित सबै भारतबाट फर्किएका हुन् । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको प्रवक्ता शर्माले जानकारी दिए ।