प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, स्थायी कमिटी बैठक बोलाउन तयारी

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको भेटमा पनि बैठक बोलाउने समझदारी भएको छ । स्रोतले भन्यो, ‘बजेट र संविधान संशोधनको सबै प्रक्रिया सकिएपछि सम्भवत बैठक बोलाउने समझदारी भएको छ ।’

असार १० गते बैठक बोलाउन सम्भावना छ । तर अहिलेसम्म बैठकबारे कुनै खबर नआएको एक स्थायी कमिटी सदस्यले अनलाइनखबरलाई बताए ।

यसअघि दुई पटक मिति तोकेर पनि स्थायी कमिटी बैठक स्थगित भएको थियो । पछिल्लो समय एमसीसीबारे छलफल गर्न बोलाइएको सचिवालय बैठक पनि स्थगित भएको थियो । तर एमसीसी सम्झौता असारभित्र संसदबाट अनुमोदन गर्नुपर्ने दबावका कारण नेकपा समस्यामा परेको छ ।

बैठकमा एमसीसीका साथै समग्र विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

सरकारले वैशाख दोस्रो साता राजनीतिक विभाजन गर्न सहज हुने अध्यादेश ल्याएपछि नेकपाका २० स्थायी कमिटी सदस्यले लिखित रुपमै बैठक माग गरेका थिए । चर्को विवादपछि सहमति जुटाएका सचिवालयका नेताहरुले वैशाख २५ गते बैठक बस्ने मिति पनि तोकेका थिए ।

तर अझै बैठक बसेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय