मनाङमा पनि देखियो कोरोना, संक्रमण नफैलिएका जिल्ला तीनमात्र

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कोरोना संक्रमण फैलिने जिल्लको संख्या ७४ पुगेको छ । सातै प्रदेशका ७४ जिल्लामा कोरोना फैलिएको हो । मनाङमा पनि कोरोना संक्रमण फेला परेको गण्डकी प्रदेशले आज जानकारी दिएपछि अब कोरोना नफैलिएका जिल्लाको संख्या तीन मात्र छ ।

तीनवटा जिल्ला भने अझै कोरोनाबाट सुरक्षित छन् । मुस्ताङ, रसुवा र ओखलडुङ्गा हालसम्म कोरोना संक्रमण नफैलिएका जिल्ला भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मनाङमा फेला परेका कोरोना संक्रमित कपिलबस्तुबाट फर्किएका गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले बताएका छन् ।

मनाङमा कोरोना देखिएका संक्रमित चामे गाउँपालिकामा कार्यरत कर्मचारी हुन् । ५७ वर्षका संक्रमित उनको स्थायी ठेगाना भने बाढगंगा १४ कपिलबस्तु हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय