एकै पालिकामा २७३ सङ्क्रमित

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका गए राति १२ बजेदेखि सिल गरिएको छ । बुधबार सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा रहेका २७३ जनाको कोरोना रिजल्ट पोजेटिभ आएपछि गए राति १२ बजेदेखि आउँदो शनिबार मध्यराति १२ बजेसम्मको लागि सो गाउँपालिका सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो गाउँपालिकामा ७२ घण्टासम्म अत्ति आवश्यक र आकस्मिकबाहेकका सबै थोक निषेध गरिएको जनाएको छ ।

यसैबीच महोत्तरीमा अहिलेसम्म कूल ५०८ जना कोरोना पोजेटिभ भएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय