
४ असार, काठमाडौं । झापाको कन्काई नगरपालिका-८ मा जंगली च्याउ खाएर एकै घरका ३ जना बिरामी भएका छन् ।
बुधवार बिहानको खाना संगै जंगली च्याउ पकाएर खाएका ४० वर्षीया बेनुका लम्साल, उनका छोरा २१ वर्षीय बिपिन लम्साल र १९ वर्षीय सौरब लम्साल बिरामी भएका हुन् ।



बिरामी भएका तिनै जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।