बिहीबार चीनले १० भारतीय सैनिक रिहा गर्‍यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

५ असार, एजेन्सी । गलवान भिडन्तका क्रममा चिनियाँ सेनाको नियन्त्रणमा रहेका १० भारतीय सैनिक रिहा भएका छन्।

चीनले बिहीबार साँझ १० भारतीय सैनिकलाई रिहा गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

रिहा हुनेमा एक लेफ्टिनेन्ट कर्नल र तीन मेजर पनि छन् ।

भारतले बिहिबार जारी बयानमा आफ्ना कोही सेना नहराएको बताएको थियो । तर द हिन्दुका अनुसार भारतीय सैनिकलाई बिहिबार बेलुकी पाँच बजे छोडिएको छ ।

सोमबार सीमामा भएको हिंसक झडपमा एक कर्णेलसहित २० भारतीय सैनिकको मृत्यु भएको छ । त्यस्तै १८ जना भारतीय सैनिक घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमले चीनतर्फ पनि मानवीय क्षति भएको दाबी गरे पनि चीनले भने अहिलेसम्म यसबारेमा कुनै जानकारी दिएको छैन । सन् १९६२ को युद्धपछि भएको सबैभन्दा ठूलो झडप हुनुमा भारत र चीनले एकअर्कालाई दोषारोपण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय