कास्कीमा ‘ट्राभल हिस्ट्री’ विना १९ महिने शिशुमा कोरोना

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

६ असार, पोखरा । कास्कीको मादी गाउँपालिकामा शनिबार १९ महिने शिशुसहित २ जनामा कोरोना भाइरस पुष्टि भयो । प्रदेश स्वास्थ्य निर्देशनालयको रिपोर्ट अनुसार कोरोना संक्रमण पुष्टि हुने अर्का ४१ वर्षीय पुरुष छन् ।

१९ महिने शिशुको कुनै पनि ट्राभल हिस्ट्री नभएकाले कसरी कोरोना संक्रमित बन्न पुगे भन्नेबारे खोजी भइरहेको गाउँपालिकाले जनाएको छ । ‘बा भारतमा थिए । आमाले लकडाउनपछि गाउँ छोडेकी छैनन्,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले भने, ‘उहाँहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।’

शिशुका बाबु केही दिनअघिमात्रै गाउँ आएका थिए । तर, गाउँ आएर पनि सीधै क्वारेन्टिनमा बसिरहेको अधिकृत सापकोटाले बताए । उनले अनलाइनखबरसँग भने, ‘बा सुरुमा खाना लगेर शिशु भेट्न गएका रहेछन् । त्यही आधारमा हामीले परिवारकै स्वाब परीक्षण गर्न पठाएका थियौं । तर, शिशुको मात्रै पोजेटिभ आयो ।’ उनले परिवारका अन्य सदस्य तथा सम्पर्कमा आएका अन्य व्यक्तिको कन्ट्याक ट्रेसिङ सुरु गरिने जानकारी दिए ।

मादी गाउँपालिकाका अर्का कोरोना संक्रमित ४१ वर्षीय पुरुष २२ दिनअघि बम्बैबाट गाउँ फर्किएका थिए । १५ दिन पठाएको स्वाब परीक्षणको नतिजा शनिबार आएको हो । गाउँपालिकाको क्वारेन्टिनमा अहिले १९ जना छन् ।

स्रोत: अनलाइनखवर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय