
६ असार, पोखरा । गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ । तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १ र बाग्लुङमा ८ जना गरी ५८ जनामा कोरोना पुष्टि भएको हो ।
गण्डकी प्रदेशमा संक्रमितको संख्या ४३८ पुगेको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।


