भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ९५ हजार नाघ्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

६ असार, काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ९५ हजार नाघेको छ ।

कोरोना संक्रमित भएका दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई आइसीयू कक्षमा रोखेर उपचार भइरहेको छ ।

म्याक्स अस्पतालमा उपचारारत ५५ वर्षीय जैनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार साँझ आइसीयूमा सारिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

बुधबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका जैनलाई निमोनिया पनि भएको भारतिय संचार माध्ययमले जनाएको छ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार ९ सय ७० पुगेको छ । ३ लाख ९५ हजार ८ सय १२ संक्रमित भएका छन्।

संक्रमितमध्ये २ लाख १४ हजार २ सय ६ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय