सामाजिक चेतना बाड्न आइतबार माइतीघरमा रक्तदान

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । जातीय विभेदविरुद्ध आइतबार माइतीघरमा रक्तदान हुने भएको छ । रुकुम घटनाको विरोधसँगै सबै प्रकारका जातीय विभेद अन्त्यको कामना गर्दै रक्तदान गर्ने तयारी भएको विजय घिमिरे विश्वकर्मा प्रतिष्ठानका अध्यक्ष विजय घिमिरे विश्वकर्माले बताए । उनले रक्तदानमा सहभागी हुन पनि सबैलाई आव्हान गरेका छन् ।

आइतबार माइतिघरमा बिहान ११ बजेबाट ३ बजेसम्म रक्तदान हुँदैछ । रुकुम घटनाका दोषीलाई कारवाही गर्नुका साथै पीडितलाई न्याया दिन पनि प्रतिष्ठानले माग गरेको छ । घटना दुःखद् भएको भन्दै विश्वकर्माले एउटा सुखद् काम गर्न लागेको जनाए । प्रतिष्ठानले यसअघि चावहिल र गोंगबुमा समेत रक्तदान गरिसकेको छ । अध्यक्ष विश्वकर्मा दलित समुदायबाट सबैभन्दा पहिले सगरमाथाको सफल आरोहण गर्ने आरोही हुन् । उनले जातीय विभेद र हिंसाबारे समाजमा सचेतना जगाउँदै विभिन्न प्रकारका अभियान चलाउने पनि जनाएका छन् । गत जेष्ठ १० गते रुकुम पश्चिमबाट आफ्नी प्रेमिका लिन जाजरकोट गएका नवराज विकसहित अरु ५ जनाको परिवार र स्थानीयको कुटाइबाट मृत्यु भएको थियो ।

घटनाको निश्पक्ष छानविन गरिनुपर्ने र दोषीलाई कारवाही गरिनुपर्ने भन्दै अहिले देशव्यापी दबाबका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । घटनामा संलग्न केहीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । प्रतिनिधिसभाले नेकपा सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा विशेष समिति नै बनाएर छानविन सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय