प्युठानमा क्वारेन्टाइनबाट फर्किएकी बालिकाको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

६ असार, प्युठान । प्युठानमा क्वारेन्टाइनबाट फर्किएकी एक बालिकाको शनिबार मृत्युु भएको छ ।

जिल्लाको झिमरुक गाउँपालिका वडा नं-२ बादिकोटकी ११ वर्षीया बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय प्युठानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभएको छ ।

भारतबाट आई स्थानिय क्वारेन्टाइनको बसाई पछि होम क्वारेन्टाइनमा बसेकी ती बालिका पहिलेदेखि नै मृगौला , मुटु रोग र ब्लोड क्यान्सरको बिरामी रहेकी र १७ दिन पहिले भारतबाट उपचार गराई आएकाले उनलाई होम क्वारेन्टाइनमा पठाइएको थियो ।

आरडीटी परीक्षण गर्दा नेगेटिभ आएको र उनको स्वाब सङ्कलन गरी कोरोना परिक्षण गरिने झिमरुक गाउँपालिकाका स्वास्थ्य प्रमुख बिकास के सीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय