गण्डकी प्रदेशमा आज थप १६ जनामा कोरोना पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

७ असार, काठमाडौं । गण्डकी प्रदेशमा आज थप १६ जनामा कोरोना पुष्टि भएकाे छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको विज्ञप्तिमा बाग्लुङमा ९, म्याग्दीमा ४, तनहुँमा १ र पर्वतमा २ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा सङ्क्रमण पुष्टि भइसकेको छ । शनिबार साँझ हिमालपारिको जिल्ला मुस्ताङमा समेत सङ्क्रमण देखिएको थियो । प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या ५०४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय