लिभरपुललाई एभर्टनको चुनौती

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी । प्रिमियर लिग फुटबलमा आज (आइतबार) तीन खेल हुँदै छन् । आज हुने खेलमा शीर्ष स्थानको लिभरपुलले एभर्टनसँग प्रतिस्पर्धा गर्दै छ । कोरोना भाइरसको महामारीपछि लिभरपुलले पहिलोपटक लिग खेल खेल्न लागेको हो ।

लिभरपुलको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति ११ः४५ मा सुरु हुनेछ । आजको खेलमा लिभरपुल जित निकाल्दै उपाधि यात्रानजिक पुग्न चाहन्छ । शीर्ष स्थानमा रहेको लिभरपुल २९ खेलबाट ८२ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटी भने लिभरपुलभन्दा २२ अंकले पछि छ ।

लिभरपुलले अब लिग उपाधि जित्न मात्र दुई खेल जिते पुग्नेछ । यता लिगको १२औँ स्थानमा रहेको एभर्टन आजको खेलमा लिभरपुललाई हराउँदै लिगको एक स्थान माथि उक्लने योजनामा छ ।

लिगअन्तर्गत आजै हुने अर्काे खेलमा एस्टोन भिल्लाले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १०ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै चेल्सी शीर्ष चारमा आफूलाई बलियो बनाउने योजनामा छ । उता एस्टोन भिल्ला रेलिगेसन जोनबाट आफूलाई बचाउन आजको खेलमा जित निकाल्ने योजना बनाएको छ ।

आजै हुने अर्काे खेलमा न्युक्यासल युनाइटेडले सेल्फिड युनाइटेडसँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार ६ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै सेल्फिड तालिकाको पाँचौं स्थानमा उक्लने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय