![](https://ilamkhabar.com/wp-content/uploads/2020/06/Screenshot_2020_0618_134506.png)
७ असार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार असार ५ गते गुल्मीको चत्रकोट गाउँपालिका ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो।
![](https://ilamkhabar.com/wp-content/uploads/2023/09/parwati-add.jpg)
![](https://ilamkhabar.com/wp-content/uploads/2023/09/parwati-add.jpg)
![](https://ilamkhabar.com/wp-content/uploads/2023/09/parwati-add.jpg)
मृत्युपछि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो।
पारालाइसिसको उपचारका लागि भारत गएको र जेठ २५ गते नेपाल आएका वृद्धको असार ५ गते होम क्वारेन्टाइनमै मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।