प्युठानमा थप सातजनामा कोरोना संक्रमण पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

११ असार, प्युठान । प्युठानमा बिहिबार थप सातजनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा दुई महिला र पाँच पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो ।

आज बिहान पुष्टी भएका सातै जना ऐरावती गाउँपालिका–२ का हुन् । योसँगै प्युठानमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ भने २ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय